fbpx

बलिउड निर्देशक नितेश तिवारीको महत्वाकांक्षी प्रोजेक्ट ‘रामायण’ यतिबेला चर्चा संगै छायांकन सुरु हुन लागेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

रणवीर कपूर स्टारर यो फिल्म अहिलेसम्मकै महंगो र महत्वाकांक्षी भारतीय फिल्म बन्ने भएको छ । निकट स्रोतका अनुसार, ‘रामायणः भाग १’को लागि निर्माताले १० करोड अमेरिकी डलर बजेट विनियोजन गरेको पुष्टि गरेका छन् ।

निर्माता नमित मल्होत्राले शानदार र भव्य फिल्म बनाउन आफ्नो विश्वब्यापी अनुभवलाई प्रणालीमा लगाइरहेका छन् । ‘१०० मिलियन अमेरिकी डलर (८३५ करोड भारु)को बजेट रामायणको पहिलो भागको लागि मात्र हो । फ्रान्चाइजी बढ्दै जाँदा यसलाई थप विस्तार गर्ने उनको योजना छ । यसो गरेर निर्माता दर्शकलाई रणवीर कपूरसँग भगवान रामको रूपमा भिजुअल ट्रीट दिन चाहन्छन्’ स्रोतले भन्यो ।

‘रामायण’को बजेट लगभग ८३५ करोड भारु तय छ । फिल्मको लागि ६०० दिनको पोस्ट–प्रोडक्सन काम आवश्यक छ जसले केही मौलिक दृश्य सिर्जना गर्न लगानी आवश्यक पर्ने कुरालाई दर्शाउँछ । ‘रामायणलाई मेगा बजेट बनाउने उद्देश्य भारतीय सिनेमालाई विश्व स्तरमा लैजाने हो’ स्रोतले भन्यो ।