fbpx

काठमाडौँ ९ साउन / नेकपा (एमाले)को केन्द्रीय कमिटिले गरेको निर्णयबारे पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो ३ बजे कार्की बैंन्क्वेटमा पत्रकार सम्मेलन गर्दैछिन् ।

पार्टी केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा आउन नदिने निर्णय गरेपछि आफ्नो धारणा सार्वजनिक गर्न उनले पत्रकार सम्मेलन आयोजना गरेको स्रोतले जनाएको छ ।

एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने निर्णय गरेपछि उनले यसबारे धारणा सार्वजनिक गर्न लागेकी हुन् ।

आफू सक्रिय राजनीतिमा आइसकेको भन्दै भण्डारीले अब खुट्टा नकमाउने बताइसकेकी छन् ।