fbpx

काठमाडौँ १८ जेठ / वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै छ । ललितपुरको जावलाखेलमा आज बिहानैदेखि रातो मच्छेन्द्रनाथको रथमा पूजा गर्नेहरुको भीड छ ।

आज भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गल लगिनेछ । त्यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।

वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज सार्वजनिक रूपमा देखाइँदैछ। यो परम्परागत भोटो जात्रालाई पहिले ‘जावलाखेल जात्रा’ भनेर चिनिन्थ्यो, जसको नामको अर्थ ‘भात छर्ने’ भन्ने हुन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीका अनुसार करिब ८ सय वर्षअघिदेखि यो जात्रालाई यही नामले चिनिँदै आएको हो। रातो मच्छेन्द्रनाथको जात्रासँग सम्बन्धित यो भोटो देखाउने परम्पराको थालनी कहिलेदेखि भएको हो भन्ने यकिन तिथिमिति भने अझै पत्ता लागिसकेको छैन।

परम्पराअनुसार, यदि कुनै दिन प्रमाणसहित सही दाबेदार आएमा भोटो फिर्ता दिने गरिन्छ। तर अहिलेसम्म कोही प्रमाणसहित आएको छैन। यही विश्वासका साथ प्रत्येक वर्ष साइत हेरेर भोटो देखाउने चलन बसालिएको हो।

अहिले भोटो देखाउने काम गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा गर्दै आइरहेका छन्। आजको यो अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।