मंसिर १० काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहे पनि अन्य क्षेत्रमा मौसम मुख्यतया सफा छ।
आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफै रहने महाशाखाले जनाएको छ। राति पनि देशभर मौसम सामान्य रूपमा सफा रहने पूर्वानुमान गरिएको छ।


