fbpx

मंसिर २१ काठमाडौँ / नेपाली कांग्रेसले पार्टीको केन्द्रीय निर्वाचन समितिको सदस्यमा राजेश्वर अधिकारी (लमजुङ) र राजु अधिकारी (सुनसरी)लाई मनोनित गरेको छ ।

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको विधान बमोजिम केन्द्रीय निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता राजेश्वर अधिकारी र अधिवक्ता राजु कटुवाललाई सदस्यमा मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।

निर्वाचन समितिको संयोजकमा खम्बबहादुर खाती, दुई सदस्यमा एगराज पोखरेल र तेज रावल यसअघि नै समितिमा थिए। कांग्रेसले पुस २७ देखि २९ सम्म महाधिवेशन गर्ने गरि आन्तरिक तयारी तिब्र पारेको छ।