fbpx

पुष ७ काठमाडौँ / रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।

अहिले उनीहरूबीच भेटवार्ता जारी छ । स्रोतका अनुसार, भेटवार्तामा रास्वपाका तर्फबाट सभापति लामिछाने र उपसभापति डोलप्रसाद अर्याल सहभागी छन् ।

पछिल्लो समय बालेनको समूह र रास्वपाबीच मिलेर राजनीति गर्नेबारे छलफलहरू भइरहेका थिए । हालै रास्वपाका एक शीर्ष नेताले बालेनलाई प्रधानमन्त्री बनाएर जान सकिने भन्दै अन्तर्वार्ता दिएका छन् ।

छलफलमा रास्वपाबाट लामिछानेसहित उपसभापति डिपी अर्याल छन् भने बालेन समूहबाट उनीसहित वार्ता समितिका संयोजक कुमार बेन सहभागी छन् । चुनावी तालमेल सहित सहकार्यको विषयमा छलफल भइरहेको स्रोतले बतायो ।