fbpx

पुष १० काठमाडौँ / काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बिहीबार दिनभर विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाटमा व्यस्त रहेका बालेनले सातै प्रदेशबाट आएका जेनजी प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।

उनले साँझ जेनजी प्रतिनिधिहरूसँग छलफल गरेका हुन् । उक्त छलफलमा ‘हामी नेपाल’का संयोजक सुदन गुरुङसमेत सहभागी थिए ।

जेनजी प्रतिनिधि खेमराज साउदका अनुसार भेटमा जेनजी समूहले आफूलाई ‘नयाँ’ भनिने राजनीतिक शक्ति र नेतृत्वहरू एकअर्कासँग समन्वय गरेर अघि बढ्नुपर्ने सुझाव बालेनसमक्ष राखेका थिए ।

छलफलका क्रममा बालेनले आफू दलीय राजनीतिमा प्रवेश गरिसकेको जानकारी दिँदै जेनजी पुस्ता विभाजित नभइ साझा उद्देश्यका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।