fbpx

वैशाख ९ काठमाडौँ / अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्धविरामको अवधि आज (अप्रिल २२ मा) सकिँदै थियो तर स्थायी शान्तिका लागिअनिश्चितकालका लागि लम्ब्याएका छन् । तर स्थायी शान्तिका लागि पाकिस्तानमा अमेरिका र इरानबिच दोस्रो चरणको वार्ता गर्ने तयारी भइरहेकाले ट्रम्पले युद्धविरामको समय थपिएको घोषणा गरेका हुन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा होर्मुज स्ट्रेटमा नाकाबन्दी भने कायमै रहने उनले उल्लेख गरेका छन्। ‘अपेक्षाअनुसार इरान सरकार आन्तरिक रूपमा विभाजित छ। पाकिस्तानका फिल्ड मार्सल असिम मुनिर र प्रधानमन्त्री सहबाज सरिफले तबसम्म इरानमा आक्रमण रोक्न माग गरेका छन्,।

तबसम्म उनीहरूका नेता र प्रतिनिधिहरूले साझा प्रस्ताव ल्याउँदैनन्।’ उनले अगाडि लेखेका छन्, ‘त्यसकारण मैले हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र अन्य मामिलाका लागि पूर्ण रूपमा तयार रहन आदेश दिएको छु। परिणाम जस्तोसुकै होस्, उनीहरूको प्रस्ताव नआएसम्म र वार्ता पूरा नभएसम्म युद्धविराम लम्ब्याइनेछ ।’ यसैबिच युद्धविराम लम्ब्याएकामा पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले ट्रम्पलाई धन्यवाद दिएका छन् ।