fbpx

वैशाख १० काठमाडौँ / व्यवसायी शेखर गोल्छालाई प्रहरीले काठमाडाैंकाे नक्सालबाट नियन्त्रणमा लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गोल्छालाई नियन्त्रणमा लिएको हो ।

विवादित सेयर कारोबारको विषयमा धितोपत्र बोर्डले तयार पारेको जाँचबुझ सुपरिवेक्षण प्रतिवेदनअनुसार गोल्छासहितका ५ जनाको मिलेमतो भएको आशंका गरिएको छ ।

गोल्छालाई विवादित व्यवसायी दीपक भट्टसँगको ‘कनेक्सन’का विषयमा छानविन गर्न नियन्त्रणमा लिइएको सीआईबीका एक उच्च अधिकारीले बताएका छन् । गोल्छामाथि इन्साइडर ट्रेडिङको आरोप लागेको छ ।