fbpx

बैशाख १७ काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम जारि रहेको छ ।

मंगलबारदेखि ओरालो लागेको सुनको मूल्य बुधबार प्रतितोला तीन हजार रुपैयाँले घटेपछि बिहीबार थप एक हजार आठ सय रुपैयाँले घट्दै दुई लाख ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला चार हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक सय पाँच रुपैयाँले घटेर चार हजार आठ सय १० रुपैयाँमा झरेको छ।