fbpx

वैशाख २१ काठमाडौँ / बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घरमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ । विभागको टोलीले बानियाँको निर्माण कम्पनीको कार्यालयमा सोमबार छापा मारेको हो ।

विभागको टोलीले काठमाडौंको नक्साल र सुन्धारास्थित कार्यालयमा पनि छापा मारेको हो । विभागको अर्को टोली बागमतीको राजधानी हेटौंडास्थित घर र कार्यालयमा छापा मार्न पुगेको छ ।

अवैध सम्पत्ति आर्जन गरेको र सम्पत्ति लुकाएको आशंकामा विभागले अनुसन्धानका क्रममा छापा मारेको हो । हेटौंडाको सानोपोखरामा रहेको बानियाँ निर्माण सेवा (बीएनएस) घरमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको स्रोतले बतायो ।

विभागको टोलीले काठमाण्डुको नक्साल र सुन्धारामा रहेको कार्यालयमा समेत छापा मारेको छ । उनको सम्पत्ति र कारोबारमा केही अस्वभाविक गतिविधिहरू भेटिएको विभाग स्रोतले जनाएको छ ।