fbpx

वैशाख २३ काठमाडौँ / मर्मत कार्य कार्यका लागि राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रूप अवरूद्ध भएकाे छ ।

मर्मत कार्य कार्य जारी रहेकोले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार एक सूचना जारी गर्दै २१ गते देखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा केही प्राविधिक समस्या आएकोले सेवा आंशिक रूप अवरूद्ध भएकाे जनाएकाे छ ।

त्यसैगरी राष्ट्रिय परिचयपत्र विवरण संशोधन गर्ने प्रक्रिया, जन्मदर्ताका क्रममा एनआईएन उत्पन्न हुने सेवा, सामाजिक सुरक्षा भत्ता नवीकरणका बेला हुने बायोमेट्रिक प्रमाणीकरण तथा एनआईडीएमआईएससँग अन्तरआबद्ध अन्य सार्वजनिक सेवा समेत प्रभावित भएका छन्।

विभागले मर्मत कार्य पुरा हुनासाथ सेवा प्रवाह सुचारु हुने बताएको छ।