fbpx

काठमाडौँ ,वैशाख २७ / वर्षापछिको बाढीका कारण उदयपुर कटारी नगपालिका– १४ दलदलेस्थित सिद्विचरण राजमार्गमा पूर्ण रूपमा अबरुद्ध भएको छ ।

उदयपुर कटारी नगरपालिका– १४ दलदलेस्थित सिद्विचरण राजमार्ग यही २६ वैशाखको बेमौसमी वर्षाको कारण शनिबारदेखि पूर्ण रूपमा अवरोध भएको छ ।

काभ्रेपलान्चोकस्थित सिन्धुली खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी चल्ने बीपी राजमार्ग सडकखण्डमा आइपर्ने सम्भावित बाढीलाई मध्यनजर गर्दै यही २१ वैशाखको बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म चल्ने सम्पूर्ण सवारीसाधन अर्को आदेश नभएसम्मका लागि सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।