fbpx

काठमाडौँ ,वैशाख २९ / नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ चार हजार चार सय रूपैयाँले बढेको छ ।

सोमबार सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला तीन लाख दुई हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला पाँच हजार तीन सय ४० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार ६ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ ।