fbpx

काठमाडौँ ,जेठ ०६ / लागुऔषध ब्युरोको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागू औषधसहित १७ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जनाए अनुसार झापाबाट चार, सिरहा र कैलालीबाट तीन/तीन, मकवानपुर र ललितपुरबाट दुई/दुई तथा उदयपुर, कपिलवस्तु र पर्साबाट एक/एक जना पक्राउ परेका छन् ।

प्रहरीले उनीहरुका साथबाट लागूऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सको सिफारिसमा मात्रै खरिद गर्न पाइने ट्रामाडोल र स्पास्मो बरामद गरेको हो ।