काठमाडौँ ,जेठ ०६ / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा तीन हजार तीन सय र चाँदीको एक सय २५ रुपैयाँ घटेको हो ।
मूल्य घटेसँगै बुधबार छापावाला सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार सुनको भाउ प्रतितोला दुई लाख ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार प्रतितोला पाँच हजार ८५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बुधबार घटेर चार हजार नौ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

