fbpx

धनगढी जेठ ३१ । डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पानी र चाउचाउ बेचेर जीविकोपार्जन गर्दै आएको एक गरिब परिवारको टेम्पो भिरबाट जबरजस्ती खसालिएको आरोप लागेको छ।

पीडित परिवारका अनुसार, वर्षौंको पसिनाले जोडेर किनिएको र उनीहरूको मुख्य आम्दानीको स्रोत बनेको टेम्पोलाई सामान झारेर लैजान दिने भन्दै हात जोडेर बिन्ती गर्दा पनि नसुनी कर्मचारीहरूले जबरजस्ती धकेलेर भिरबाट खसालिदिएको आरोप छ।

उक्त टेम्पो नै परिवारको जीविकोपार्जनको मुख्य आधार रहेको बताइएको छ। टेम्पो भिरबाट खसालिएपछि परिवार गम्भीर आर्थिक संकटमा परेको र अहिले न्यायको खोजीमा रहेको जनाइएको छ।

पीडित परिवारले घटनाप्रति छानबिन गरी दोषीमाथि आवश्यक कारबाहीको माग गरेको छ । यस  घटनाले मानव अधिकार र प्रशासनिक व्यवहारप्रति गम्भीर प्रश्न उठाएको छ।