काठमाडौं, भदौ १०: संघीय संसद्अन्तर्गतका दुई वटा संसदीय समितिको बैठक आज बस्ने भएको छ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ। बैठकमा पुस्तकालय नीतिको मस्यौदा सम्बन्धमा सम्बन्धित सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ।

