काठमाडौँ । नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनी ११ हजार ६१३ मतका साथ निर्वाचित भएका हुन् ।
यसैगरी निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गरे । निर्वाचन आयोगले यसबारे औपचारिक घोषणा गर्न बाँकी छ ।
बझाङ प्रदेशसभा १ मा आइतबार मध्यान्हदेखि मतगणना सुरु भएको थियो । यसअघि कांग्रेसले जितेको उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचनमा भने एमालेले बाजी मारेको हो। २०७९ सालमा भएको निर्वाचनमा विजयी पृथ्वीबहादुर सिंहको निधन भएपछि शनिबार बझाङमा उपनिर्वाचन भएको हो ।
२०७९ को निर्वाचनमा माओवादी र एकीकृत समाजवादीको साथ पाउँदा कांग्रेसका पृथ्वीबहादुर सिंह १७ हजार ११२ मतसहित विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६ मत पाएका थिए ।
- १. Causes of Increased Uric Acid and Prevention Methods
- २. शिक्षकलाई गुरु बनाउने अभियान थालौं: सोमत घिमिरे
- ३. ‘अजम्बरी जीवन होइन’ गीतको म्युजिक भिडियो सार्वजनिक
- ४. ‘यतिधेरै सांसद र खर्चिलो निर्वाचन प्रणाली देशले धान्न सक्दैन’
- ५. अनुसन्धानकर्मी श्रेष्ठद्वारा खिचिएका ६५ पुतलीका फोटोहरु प्रदर्शनीमा
- ६. विपद पीडितलाई कांग्रेसले ५० लाख सहयोग गर्ने
- ७. नेपाली काँग्रेसबाट सल्यानका कान्छो जिल्ला सदस्य : मोहन ओली
- ८. गिरीबन्धु टिस्टेटको ७० बिघा जग्गा कांग्रेसले बेचेको आलीको आरोप
- ९. खुम्बुमा रेस्लिङको महाभिडन्त हुने
© 2026: Amazing Nepal Times मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Nabin Ghimire

