fbpx

काठमाडौँ २४ भदौ / सरकार र सहकारीका पीडित बचतकर्ताबीच सहमति भएको छ । सहमतिसँगै १०८ दिनदेखि रत्नपार्कमा जारी रिले अनशन तथा धर्ना स्थगन गरिएको छ ।

पीडितका माग सम्बोधन गर्न कार्यदल बनाउने सहमतिसँगै उनीहरूका आन्दोलन फिर्ता भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको सचिवालयले जानकारी गराएको छ ।

सहमतिपछि सहकारी विभागका उप–रजिस्ट्रारको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन भएको छ । मन्त्रालयका अनुसार कार्यदलमा मन्त्रालय, राष्ट्रिय सहकारी महासंघ, सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान, सहकारी विभागका प्रतिनिधि रहनेछन् ।

यसैबीच सहमतिसँगै अनसनमा बसेका सहकारी पिडितहरुलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोख्रेल, सहकारी विभागका रजिष्ट्रार पिताम्वर घिमिरेलगायतले जुस खुवाएर अनसन तोडाए ।