fbpx

बलिउड फिल्म ‘लापता लेडिज’ का कलाकार नितान्शी गोयल हालै मेट गाला २०२४ मा सहभागी भएकी थिइन्। उनी रातो सारीमा त्यहाँ पुगेकी थिइन्।

यतिबेला सामाजिक सञ्जालमा नितान्शीको तस्बिर भाइरल भइरहेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ता उनलाई ‘ब्यूटीफूल’ भन्दै तारिफ गरिरहेका छन्।

भारतीय सञ्चारमाध्यमहरूले यसको खुब प्रशंसा गरेर समाचारहरू लेखिरहेका छन्। तर यो तस्बिर फोटोसप गरेर बनाइएको बताइएको छ।

किरण राव निर्देशित फिल्म ‘लापता लेडिज’ मार्च १ मा प्रदर्शन भएको थियो। फिल्ममा स्पर्श श्रीवास्तव, नितान्शी गोयल, प्रतिभा रन्ता, रवि किशनलगायत कलाकारको मुख्य भूमिका रहेको छ।