fbpx

काठमाडौं २२ असार । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा दुई नेताबिच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्डले बोलाएपछि उनी बालुवाटार पुगेका थिए । नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा छन् । उनले आगामी असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् ।

प्रधानमन्त्री दाहालले कोइरालालाई फोन गरेर भेट्न बोलाएका थिए । ‘प्रधानमन्त्रीले नै फोन गरेर बोलाउनुभएपछि उहाँ बिहान एक्लै गएको बुझिएको छ । प्रचण्ड र शेखरबीचको भेटवार्तालाई विशेष रुपमा हेरिएको छ ।