fbpx

काठमाडौं २३ असार । अर्थमन्त्री वर्षमान पुनले एमाले र काँग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसदबाट विश्वास मत लिएर मात्रै छाड्ने बताएका छन् । आईतवार संसदबाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले एमाले काँग्रेस सत्ता समिकरण संविधान संशोधन गरी प्रश्चगमनतिर लैजाने गरी भएको दाबी गरे ।

उनले संसद फेस गरेर प्रधानमन्त्रीले एमाले र काँग्रेससँग दुई दल किन मिल्नुभयो भनेर प्रश्न गर्न खाजेको बताए । उनले संविधान संशोधन भनेको पश्चगमनतिर जानु भएको भन्दै अग्रमनतिर गए माओवादी पनि संविधान संशोधनको पक्षमा रहेको बताए ।