fbpx

काठमाडौं २५ असार / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री डा मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो ।

मंगलबार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट निष्कासन गरेको हो ।

ढकाललाई पार्टी निर्णयमा चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्ने मौका दिइएको झाले बताए । यसअघि केन्द्रीय समिति बैठकले ढकाललाई एक साताका लागि निलम्बन गरेको थियो ।