fbpx

काठमाडौं २५ असार / सहकारी संस्थाको बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले पीडितसँग छलफल गर्ने भएको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले असार २६ गते अर्थात् भोलि पीडितसँग छलफल गर्ने निर्णय गरेको हो ।

पीडितका कुरा बुझेपछि तथ्य प्रमाण संकलनमा थप सहयोग हुने उनको विश्वास छ । समितिले गर्न लागेको यो छलफलमा पीडितका कुरा सुन्न मिडियालाई पनि सहज पहुँच दिने समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।

सात सदस्यीय समितिले सोमबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको थियो । पीडितसँग छलफल गरेपछि समितिले पीडकसँग पनि छलफल गर्ने तयारी गरेको छ ।