काठमाडौं ०८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले उपसभामुख इन्दिरा रानाका प्रकरणका विषयमा आफुसँग भएका प्रमाण दिने बताउदै छानबिन गरे आफुले प्रमाण दिने बताएका छन् ।
ढकालले सामाजिक सञ्जाल फेसबुकमा बिहान स्टाटस मार्फत आफूसँग उक्त घटनाका केही प्रमाण रहेको भन्दै राज्यले सोधपुछ र छानबिनका लागि बोलाए आफूसँग भएका प्रमाण दिन तयार रहेको जानकारी दिएका छन् ।
ढकालले उपसभामुख रानामगरलाई राजीनामा दिन आग्रह गरेका छन् । उपसभामुखले अमेरिकी दूतावासलाई चिठी लेखेको विषयमा सामाजिक सञ्जालमार्फत पूर्व महामन्त्री ढकालले उपसभामुख रानाको विगतको छवि उच्च रहे पनि अहिले छानबिनका लागि तयार हुनु पर्ने बताएका छन् ।
उनले लेखेका छन् “उपसभामुख इन्दिरा आमाको विगतको छवि सबै नेपालीले शिर निहुराएर नमन गर्नैपर्छ । यसो भन्दै गर्दा हामीले यो बिर्सनु हुन्न कि हामी त्यो समाजमा बस्छौं जुन समाजमा कुनै दिन माता सीताले पनि सहजै अग्नि परीक्षा दिन तयार हुनुभएको थियो ।“
ढकालले पीडितलाई उद्धृत गर्दै भनेका छन्, “पीडितका अनुसार ९ लाख फिर्ता भएको बैंक स्टेटमेन्ट अझै पनि पीडितसँग सुरक्षित छ ।” ढकालले उपसभामुखले तत्काल राजीनामा दिएर छानबिनका लागि सहयोग गर्नुपर्ने बताएका छन् ।

