काठमाडौं ०९ साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएकाहरूको पोस्टमार्टम सुरु भएको छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार पोस्टमार्टमका लागि तीन टोली खटिएका छन् ।
यसैबिच त्रिवि परिसरमा आफन्तहरूको भिड लागेको छ । आफन्तहरू भावविह्वल बन्दै शोकाकुल देखिन्थे । काठमाडौँबाट पोखराका लागि उडेको जहाज ‘टेक अफ’ भएको केहीबेरमै विमानस्थल नजिकै दुर्घटनाग्रस्त बनेको थियो । दुर्घटनामा मृत्यु भएकाहरु अधिकांश कर्मचारी रहेको बताइएको छ।
‘कसरी मृत्यु भएको भन्ने थाहा छ । तर व्यक्ति चिनिने अवस्थाको नभएको हुँदा कसको मृत्यु भएको छ भन्ने जानकारी छैन,’ डा. चौधरीले भने, ‘मृतकको आफन्तले दिएको हुलिया, फिंगर प्रिन्ट लगायतका आधारमा पोस्टमार्टम गर्न सुरु गरेका छौं उनले भने।

