काठमाडौं ११ साउन । आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले चेक अनादरसम्बन्धी आफ्नो निर्देशनलाई पुनरावलोकन गर्ने भएको छ ।
गभर्नर महाप्रसाद अधिकारीले चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैंकिङ कारोबारमा बन्देज हुने गरी खाता रोक्का राख्नेलगायत व्यवस्था परिमार्जन गर्ने बताएका छन् ।निर्माण क्षेत्रमा काम गर्ने कम्पनीको हकमा लागू हुने व्यवस्था बताएको छ ।
‘विद्यमान कर्जा सूचना र कालोसूचीसम्बन्धी निर्देशनमा पुरावलोकन गरिने छ’, उनले भने । साथै निर्माण व्यवसायहरूलाई कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मको लागि चेक अनादर भएको आधारमा मात्र कालोसूचीमा समावेश नगर्ने व्यवस्था पनि नीतिमा उल्लेख छ।

