काठमाडौं २१ / कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार प्रदेश सभामा भएको मत विभाजनमा विश्वासको मत पाएका छन् । केन्द्रमा नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिएका थिए ।
मतदानमा ३७ जना सांसद सहभागी भएकोमा २३ जना सांसदले मुख्यमन्त्री कँडेलको पक्षमा मतदान गरेका छन् भने बिपक्षमा १४ मत परेको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै माओवादी केन्द्रले साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । कँडेल विसं २०८० चैत २७ मा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

