fbpx

ढाका २३ साउन / प्रधानमन्त्री शेख हसिना र उनको सरकारको पतनपछि लगातार दोस्रो दिन पनि बंगलादेशको सेयर बजारमा बुधवार हरियाली देखिएको छ, बजार उकालो लागेको छ ।

त्यहाँको बेन्चमार्क शेयर परिसूचक ढाका स्कट एक्सचेञ्ज (डीएसई) बिहान ११ः५० सम्ममा ६५ अङ्कले बढेर ५ हजार ४९१ अंकमा उक्लिएको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाखेरीको तुलनामा १ दशमलव २ प्रतिशत छ।

ब्लु–चिप इन्डेक्स डीएस ३० पनि ३३ अंकको वृद्धिसहित १ हजार ९६८ अंकमा पुगेको थियो । यो पनि अघिल्लो दिन कारोबार बन्द हुँदाखेरिको भन्दा १ दशमलव ७२ प्रतिशत धेरै हो ।