काठमाडौँ २४ साउन / रौतहटको चन्द्रनिगाहापुरबाट एक जना नक्कली घुमुवा प्रहरी पक्राउ परेको प्रहरीले जनाएकाे छ ।
पक्राउ पर्नेमा स्थानीय माधव नारायण नगरपालिका १ का रामबली साहको छोरा २४ वर्षीय रमेश साह रहेको जिल्ला प्रहरी प्रवक्ता एलिजा गिरीले जानकारी दिइन् । उनलाई सार्वजनिक मुद्दा अन्तर्गत अभद्र ब्यबहारमा मुद्दा दायर गरी जिल्ला प्रशासन कार्यालय रौतहटबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता गिरीले बताइन् ।
उनीमाथि (सार्वजनिक अपराध) अभद्र व्यवहार मुदुदा दायर गरी जिल्ला प्रशासन कार्यालय रौतहटबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत ड्डमरिया बजारमा गत मंगलबार राती ११ बजे आरोपी रमेशले आफू सादा पोसाकको घुमुवा प्रहरी हूँ भन्दै केही मानिसको जिउको खानतलासी गर्ने र पैसा असुल गर्ने योजना बनाएको भनी इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरमा सूचना आएको प्रहरीले जनाएको छ ।
हाल आरोपी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

