fbpx

काठमाडौँ २५ साउन / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ ।

अघिल्लो दिन तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर १ लाख ४८ हजार १ सय रुपैयाँ कायम भएको हो ।

तेजाबी सुन तोलामा १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलामा १ हजार ७३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।