काठमाडौँ २६साउन / काठमाडौंस्थित त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट सुर्खेत उडान भरेको फ्लाइट नम्बर U4 137 रहेको बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको छ। शनिबार बिहान नेपालगञ्ज विमानस्थलमा अवतरण भएको हो ।
जहाजले आज बिहान ११ : १५ बजे उडान भरेको थियो। सुर्खेत अवतरण गर्ने अन्तिम मिनेटमा आकस्मिक सूचना जारी गरेर बुद्ध एयरको विमान नेपालगन्ज विमानस्थलमा अवतरण गरेको यात्रुले बताएका छन्।
विमान काठमाडौं फर्किने वा मौसमको प्रतिक्षा गरेर फेरि सुर्खेत उड्ने छलफल जारी रहेको बताइएको छ। त्रिभुवन विमानस्थलले मौसम खराबीका कारण जहाज डाइभट भएको जनाएको छ।

