fbpx

काठमाडौँ २६साउन / बंगलादेशमा अन्तरिम सरकार बनेपछि पनि विद्यार्थी आन्दोलन रोकिएको छैन । शनिबार आन्दोलनरत विद्यार्थीले बंगलादेशको सर्वोच्च अदालत घेराउ गरेका हुन् ।

बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् । आन्दोलनकारी विद्यार्थीहरूले शनिबार सर्वोच्च अदालत घेराउ गरेपछि प्रधानन्यायाधीश हसनले पदबाट राजीनामा दिएका हुन् ।

यसअघि बंगलादेशमा अन्तरिम सरकार गठन भएको थियो । नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसले अन्तरिम सरकारको प्रमुख सल्लाहकारको रूपमा शपथ लिएका छन् ।

राष्ट्रपति मोहम्मद शाहबुद्दीन, सैनिक नेता र विद्यार्थी नेताहरूबिचको बैठकपछि प्राध्यापक युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकारमा मनोनीत गर्ने निर्णय भएको थियो ।