fbpx

काठमाडौँ २८ साउन / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा ६ सय रूपैयाँले बढेर १ लाख ४८ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आज सोमबार चाँदीको मूल्य भने घटेको छ । आइतबारको तुलनामा तोलामा १५ रूपैयाँले घटेर प्रतितोला १ हजार ७ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।