काठमाडौँ २९ साउन / आज सन् २०२४ अगष्ट १३ तारिख साउन २९ गते मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। मंगलबार अमेरिकी डलर, बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर बढेको छ । कतारी रियालको खरिद दर स्थिर हुँदा बिक्रीदर बढेको छ ।
आजको विदेशी मुद्राको विनिमय दर कति ?
अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०६ पैसा र बिक्री दर १३४ रुपैयाँ ६६ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४६ रुपैयाँ ४१ पैसा र बिक्री दर १४७ रुपैयाँ ०६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ०९ पैसा र बिक्री दर १७१ रुपैयाँ ८६ पैसा पुगेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

