fbpx

काठमाडौँ २९ साउन / चौतर्फी आलोचना भएपछि मंगलबार मधेशका मुख्यमन्त्री सतीश सिंहले आठ जना राज्यमन्त्रीलाई जिम्मेवारीबाट हटाएका छन् ।

आठ राज्यमन्त्री थपेर मन्त्रिपरिषद् २० सदस्यीय बनाएपछि मुख्यमन्त्री सिंहको चर्को आलोचना भएको थियो । २२ साउनमा एमाले, कांग्रेस र लोसपाका गरी पाँच जना राज्यमन्त्री थपेर मुख्यमन्त्री सिंहले २० सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए ।

जसपाले यसैलाई मुद्दा बनाउँदै आन्दोलन गरिरहेको थियो । बर्खास्त हुनेमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना रहेका छन् । बर्खास्त गरी मुख्यमन्त्री कार्यालयले प्रदेश प्रमुखलाई आज बिहान पत्र पठाइसकिएको मुख्यमन्त्री सचिवालय स्रोतले जनाएको छ ।