fbpx

काठमाडौँ ३०साउन / प्रतिनिधि सभा बैठक सञ्चालन भइरहँदा संसद भवन परिसरमा भने विरोध प्रदर्शन भएको छ ।
रत्न राज्य क्याम्पसका स्नातक तहमा अध्ययनरत विद्यार्थीले संसद भवन परिसरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारी विद्यार्थी जिल्ला अछाम घर भएका दीपक देवकोटा रहेको बताइएको छ । प्रदर्शन गर्न नपाइने स्थानमा आन्दोलन गरेसँगै उनलाई प्रहरीले पक्राउ गरेको छ ।

अहिले टिआरसी विधेयकबारे बैठकमा छलफल चलिरहेको छ। यसैबीच संघीय संसद बाहिर मुखमा टेप लगाएर एक जना व्यक्तिले विरोध प्रदर्शन गरेका छन्।

उनले ‘भुटानी शरणार्थी प्रकरण, सहकारी ठगी प्रकरण, गिरीबन्धु प्रकरणका नाइकेहरूलाई कारबाही खोई?,’ ‘बंगलादेशको विद्यार्थी आन्दोलन नेपालमा पनि गर्नुपर्ने हो?’ भनेर प्लाकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन्।

विरोध गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।