काठमाडौँ ३१साउन / भुटानी शरणार्थी प्रकरणको पूरक अभियोग जिल्ला अदालत काठमाडौँमा दर्ता गरिए सगै बेचन झाको थुनछेक बहस आजबाट सुरु हुने भएको छ ।
सरकारी वकिल र बेचन पक्षका कानुन व्यवसायीले बहस सकेपछि बेचनलाई थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्नेबारे आदेश हुने छ ।
यसअघि बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा उनले बयान दिएका थिए ।
सरकारी वकिलले बेचनलाई ठगी, लिखत किर्ते, राज्य विरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा प्रतिवादी कायम गरेको छ ।

