काठमाडौँ ०२ भदौ / नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेसँगै नयाँ रेकर्ड कायम गरेको हो ।
आइतबार छापावाला सुन प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि साउन ३० गते सुनको भाउमा १ लाख ५० हजार ५ सय रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो ।
यसअघि साउन २९ गते १ लाख ५० हजार ८ सय रुपैयाँ पुगेर सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । यस्तै, आइतबार चाँदीले पनि नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार चाँदी १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ७६० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

