काठमाडौँ ०२ भदौ / काठमाडौं महानगरपालिका- ६ कपनमा जुवातास खेलिरहेका ९ जनालाइ प्रहरीले जुवा खेली रहेको अबस्थामा पक्राउ पक्राउ गरेको छ । उदयपुरको ताप्ली गाउँपालिका- १ घर भइ सरस्वतीनगर बस्ने ५० वर्षीय उद्धवराज हमालको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका- १२ का ४१ वर्षीय बद्री पौडेललगायत छन् । उनीहरूलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ३९ हजार ७ सय २५ रूपैयाँ र ३ बुक ताससमेत बरामद गरेको छ । थप अनुसन्धान अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

