काठमाडौँ ०२ भदौ / नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेलविरुद्ध आफूलाई सामाजिक अभियन्ता बताउने युवराज सफलले नक्कली सुराकी बनाएर पैसा खाएको आरोपमा अख्तियारमा मुद्दा दर्ता गराएका छन् । सफलले आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खरेल विरुद्ध मुद्दा दर्ता गरेका हुन् ।
अभियन्ता सफलले पूर्वडीआइजीपी खरेलले कानुनले वास्तविक सुराककर्तालाई सुराकी गरेबापत निश्चित रकम प्रोत्साहन स्वरूप दिने व्यवस्था गरे पनि खरेलले आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरेर रकम लिएको आरोप सफलले निवेदनमा लगाएका छन् ।
विभिन्न जिल्लामा हुँदा आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी लाखौं रुपैयाँ रकम कमिसन लिएको कुरा बताएको मुद्दामा उल्लेख गरेका छन् ।
उनले नक्कली सुराकी खडा गरी सुराकी रकम लिनदिने कार्य पनि भ्रष्टाचारजन्य कार्यमा पर्ने हुँदा खरेललाई तत्काल पक्राउ गरी भ्रष्टाचार ऐन बमोजिम कारबाही गर्न समेत माग गरेका छन् ।

