fbpx

काठमाडौँ ०३ भदौ / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । महासंघका अनुसार आइतबारको मूल्यबाट ३०० रुपैयाँ घट्दै सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको हो ।

आइतबार सुनको मूल्य १ लाख ५२३ हजार ६०० रुपैयाँ कायम भएको थियो भने जुन मूल्य हालसम्मकै उच्च हो । यस्तै सोमबार चाँदीको मूल्य तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको हो । आइतबार चाँदी तोलामा सोही मूल्यमा कारोबार भएको थियो ।