fbpx

काठमाडौँ ०४ भदौ / एक वर्षदेखि पाकिस्तानको जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानले बेलायतको प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयको कुलपति बन्न आवेदन दिएका छन् । इमरान खानका सल्लाहकार सैयद जुल्फिकार बुखारीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुनु । बुखारीले भने कि इमरान चुनाव लड्न राजी भएका छन ।

उनले अक्सफोर्ड विश्वविद्यालयको चान्सलर चुनाव २०२४ को लागि आवेदन फारम बुझाएका छन्। यो निर्वाचन अक्टोबर २८ मा हुदैँछ । अक्सफोर्डको ८०० वर्षको इतिहासमा पहिलो पटक चान्सलरको निर्वाचनका लागि अनलाइन भोटिङ हुने भएको छ

अक्सफोर्डले अन्तिम सूची जारी नगरे पनि यसपटक चुनवमा पूर्वप्रधानमन्त्री टोनी ब्लेयर, थेरेसा मे र बोरिस जोनसन पनि चुनाव लड्ने तयारीमा छन् । योसँगै केही महिला उम्मेदवार पनि कुलपतिका लागि प्रतिस्पर्धामा छन् ।

अक्सफोर्डको इतिहासमा अहिलेसम्म महिला चान्सलर बनेका छैनन् । इमरान खान अक्सफोर्डका पूर्वविद्यार्थी हुन् । उनले सन् १९७२ मा अक्सफोर्डबाट अर्थशास्त्रमा डिग्री गरेका थिए । उनी सन् २००५ देखि २०१४ सम्म ब्राडफोर्ड विश्वविद्यालयको कुलपति भएका थिए ।

गत फेब्रुअरीमा अक्सफोर्डका कुलपति लर्ड क्रिस प्याटनले राजीनामा घोषणा गरेका थिए । ८० वर्षीय प्याटन २१ वर्षसम्म कुलपति रहे । उनले यसअघि हङकङको २८औं र अन्तिम ब्रिटिस गभर्नरका रुपमा समेत काम गरेका थिए । रोय जेनकिंसको मृत्युपछि उनलाई कुलपति चयन गरिएको थियो ।