काठमाडौँ ०५ भदौ / चलचित्र विकास बोर्डको अध्यक्षमा आवेदन दिएकाहरूलाई आज अन्तर्वार्ताका लागि बोलाइएको छ।
मन्त्रालयले आज बुधवार निर्देशक दिनेश डिसी (दिनेशराज दाहाल), अभिनेत्री करिश्मा मानन्धर तथा निर्माता अर्जुक कुमार डंगोललाई अन्तर्वार्तामा बोलाएको छ।
भोलि बिहीवार निर्देशक दीपा पाण्डे बस्नेत, वोर्डमै आवद्ध प्रकाश भट्टराई तथा संस्कृतिकर्मी राजेश थापालाई अन्तर्वार्ताका लागि बोलाएको छ । भुवन केसीको कार्यकाल सकिएसँगै साउन ९ गतेबाट बोर्डको अध्यक्ष पद रिक्त रहेको छ।

