fbpx

काठमाडौँ ०५ भदौ / माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारदेखि सुरु भएको बागमती प्रदेशस्तरीय प्रशिक्षणमा परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतले दिएको महत्वले एमाले बिच्किएको बताएका छन् ।

आरजु राणालाई भारतले प्रधानमन्त्री तहको ट्रिट दियो माओवादी अध्यक्ष प्रचण्डले भने । परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमणमा छिन् । सोमबार नयाँदिल्ली पुगेकी परराष्ट्रमन्त्री देउवाले मंगलबार भारतीय प्रधानमत्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी थिइन् ।