fbpx

काठमाडौँ ०६ भदौ / जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकमा ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण गल्छी–रसुवागढी सडक खण्डमा यातायात सञ्चालन बन्द भएको छ। नुवाकोटको बेलकोटगढी नगरपालिका–८ ठूलोखोला नजिक सडकमा खसेको पहिरोले सडक पूर्ण रूपमा बन्द भएको छ।

सोही रुटको आसपासमा वैकल्पिक सडक नभएको हुँदा यातायातका साधन आवातजावत गर्न समस्या भएको छ। धादिङको गल्छीबाट नुवाकोटको त्रिशूली तथा रसुवागढी हुँदै केरुङ जानुपर्ने सवारीसाधन गल्छीबाट काठमाडौं नै पुगेर टोखा–छहरे सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।