fbpx

काठमाडौँ ०७ भदौ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसँग सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले सोधपुछ सुरू गरेको छ ।

उनीभन्दा अगाडि बोलाइएका छविलाल जोशीसँग सोधपुछ लम्बिएपछि रविसँग ढिलागरी सोधपुछ सुरू भएको समिति सचिवालयले जनाएको छ ।छविलाल जोशी गोरखा मिडिया नेटवर्कका सञ्चालक हुन् भने राजनीतिमा आउनु अगाडि रवि लामिछाने गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक थिए ।

लामिछानेलाई आजको लागि समितिले बयानका लागि बोलाएको थियो। समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको रकम दुरुपयोगमा संलग्न भएको आरोपमा समितिले लामिछानेसँग सोधपुछ र बयानका लिन लागेको हो।