काठमाडौँ ०८ भदौ / शुक्रबार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो। त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको थियो ।
बस दुर्घटनामा घाइते यात्रुलाई भेट्न भारतकी राज्यमन्त्री काठमाडौं आइपुगेकी छन्। शुक्रबार बस दुर्घटना हुँदा घाइते भएका यात्रुलाई भेट्न र मृतक शवहरू लिएर जान भारतको केन्द्र सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे केही समय अगाडि काठमाडौं आइपुगेकी हुन्।
स्रोतका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा उनी नेपाल आएकी हुन्। उनी घाइते भेट्न त्रिभुवन शिक्षण अस्पताल जाँदैछिन् ।
शुक्रबार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो। त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

