fbpx

काठमाडौँ ०९ भदौ / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

आइतबार सुन तोलामा एक हजारले बढेर एक लाख ५२ हजार ४ सयमा कारोबार भएको महासंघले जनाएको छ ।

यस अघि शुक्रबार सुनको मूल्य १ लाख ५१ हजार ४ सय रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर १८५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।